बेलायतको अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध



काठमाडौं : कोरोना भाइरसको संक्रमण बढपछि बेलायतले सबै अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाएको छ ।

कोरोना भाइरसको नयाँ प्रजातिबाट जोगाउनका लागि आगामी सोमबारदेखि लागू हुने गरी बेलायतमा सबै प्रकारका यात्रामा रोक लगाइएको प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् ।

बेलायत आउन अब अनिवार्यरुपमा कोरोनाको परीक्षण रिपोर्ट नेगेटिभ भएको देखाउनु पर्नेछ । नयाँ यात्रा प्रतिबन्ध फेब्रुअरी महिनाको १५ तारिखसम्म लागू रहने बीबीसीले जनाएको छ । बेलायतको स्वास्थ्य मन्त्रालयले केही सातायता संक्रमण ५० प्रतिशतले बढिरहेको जनाएको छ ।

प्रकाशित :३ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्