२.४ प्रतिशत थारु महिलामा सिकलसेल : अध्ययन



काठमाडौं : बर्दियाको २.४ प्रतिशत थारु महिलामा सिकलसेल (रक्तअल्पता) रहेको एक अध्ययनले देखाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले शुक्रबार अध्ययन रिपोर्ट सार्वजनिक गर्दै ७८१ जना सहभागीहरुमा गरेको ‘प्रिभलेन्स अफ एनिमिया अमङ द रिप्रोडक्टिभ एज ग्रुप अफ फिमेल’ शिर्षकको अध्ययनमा १९ (२.४५) थारु महिलाहरु सिकल सेल रक्तअल्पताबाट संक्रमित पाइएको जानकारी गराएको हो ।

परिषद्ले बर्दिया जिल्लाको २०,००० थारु समुदायमा २०७४ साउन देखि २०७६ पुससम्म सिकल सेल रोगको जनसंख्यामा आधारित अध्ययन गरेको थियो । ६० प्रतिशत महिला सहभागी अध्ययनमा अधिकांश सहभागीहरु ४०७३ (२०.४५) ११-१५ उमेर समूहका थिए भने १६-२० उमेर समूहका ३४५४ (१७.३ ५) थिए ।

अध्ययनका अनुसार अधिकांश थारु सहभागीहरु देसौरी (५९.५ ५) र दंगौरा (३९.७ ५) उपसमूहका थिए र ११३०३ (६५.१ ५) अविवाहित थिए । सहभागीमध्ये २२५६ (११.३ ५) लाई सिकल सेल डिसअर्डर थियो । जसमध्ये २१११ (१०.६ ५) लाई सिकल सेल ट्रेट थियो भने १४५ (०.७ ५) लाई सिकल सेल रोग थियो ।

त्यसैगरी ७९८२ पुरुषमध्ये, सिकल सेल ट्रेट ८७४ (१०.९ ५) लाई थियो भने ७५ (०.९ ५) लाई सिकलसेल रोग थियो । १२०१८ महिला मध्ये, १२३७ (१०.३ ५) लाई सिकलसेल ट्रेट थियो भने ७० (०.६ ५) लाई सिकलसेल रोग पाइएको थियो । ११९०२ देसौरी थारु उपसमूह मध्ये १२८४ (१०.८५) लाई सिकलसेल ट्रेट थियो भने ८२ (०.७५) लाई सिकलसेल रोग पाइएको थियो ।

७९४३ डंगौरा थारुमध्ये ८०१ (१०.१ ५) लाई सिकल सेल ट्रेट र ६१ (०.८ ५) लाई सिकलसेल रोग थियो । स्थानीय सरकारको समन्वयमा बर्दिया जिल्लाको मगरगढी नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा रगत जाँचद्वारा प्रारम्भिक छनौट गरिएको थियो । परिषद्ले आगामी दिनमा सिकलसेल डिस्अर्डर रोगको रोकथाम गर्न व्यापक जागरुकता अभियान सञ्चालन गर्ने र सिकल सेल ट्रेटरसिकलसेल रोगको जोखिममा रहेका विशेष उमेर समूहहरु (विवाहको लागि उमेर पुगेका, विवाहित, गर्भपूर्व) लाई परामर्श प्रदान गर्ने, आनुवंशिक परामर्श निर्देशिका बनाउने, तथा आनुवंशिक परीक्षण र गर्भपूर्व सेवा प्रदान गर्ने लगायतका योजना बनाएको परिषदका सदस्य सचिव डा.प्रदीप ज्ञवालीले बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा बर्दिया जिल्लाको थारु समुदायको १ देखि २९ वर्ष सम्मका व्यक्तिमा सिकलसेल रोगको व्यापकता र यसको विभिन्न सामाजिक, जनसंख्याकिक तथा देखा परेका लक्षणहरुको कारकको बारेमा अध्ययन गर्ने जनाएको छ । सिकलसेल रक्तअल्पता वा सिकलसेल रोग रगतमा हुने तत्व हेमोग्लोबिन जसले शरिरमा अक्सिजनको प्रवाह गर्दछ, त्यसको गडबडीका कारण हुने साधारण आनुवंशिक अवस्था हो ।

यो रोग भएका व्यक्तिमा असाधारण प्रकृतिको हेमोल्गोबिन आणुहरु हुन्छन् जसले सामान्य रातो रक्तकोषलाई हँसिया वा अर्ध चन्द्र आकारको स्वरुपमा परिवर्तन गर्दछ । सिकलसेल ट्रेट भनेको यस्तो अवस्था हो, जसमा व्यक्तिले आफ्नो आमा वा बुबामध्ये कुनै एकबाट सिकलसेल जिन वंशाणुगत रुपमा आएको हुन्छ साथै प्रायः सिकलसेल रोगको कुनै लक्षण देखिदैन ।

प्रकाशित :३ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्