इन्डोनेसिया भूकम्प : मृत्यु हुनेको संख्या ४२ पुग्यो



काठमाडौं : इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्पपछि भत्किएका संरचनामा मृत्यु हुनेको संख्या ४२ पुगेको बीबीसीले जनाएको छ । भूकम्पले एउटा अस्पताल र कयौँ भवनहरू भत्किएका छन् । भूकम्पका कारण सयौँ मानिस घाइते भएका छन् भने हजारौँ विस्थापित भएका छन् ।

विनाशकारी भूकम्प र सुनामीका कारण इन्डोनेशिया प्रभावित हुने गरेको छ । सन् २०१८ मा सुलावेसीमा भूकम्पका कारण २,००० जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

प्रकाशित :३ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्