जनकपुरमा काँग्रेसको मोटरसाइकल र्याली



जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनबिरुद्ध नेपाली काँग्रेसले आज देशभरका ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गरिरहेको छ ।

सोेही अनुरुप पूर्वघोषित कार्यक्रम अन्तर्गत प्रदेश २ को १ सय ३६ वटा स्थानीय तहमा समेत नेपाली काँग्रेसले आज मोटरसाइकल र्याली निकालेको हो । जनकपुरधाम उपमहानगरपालिकामा पनि नेपाली काँग्रेस जनकपुरधाम नगरसमितिले हजारौंको संख्यामा मोटरसाइकल र्याली निकालेको छ ।

स्थानीय गोपाल धर्मशालाबाट निस्केको मोटरसाइकल र्याली रामचोक, सोनारपट्टी, जानकीचोक, भानुचोक, मिल्स एरिया, बेङ्गा, बाबा पेट्रोल पम्प, पिडारीचोक, रामानन्दचोक, कुर्था, बसबिट्टी, बिन्धी, जिरोमाइल, मुरलीचोक, कदमचोक, कपिलेश्वर, महुवा, कनकपट्टी, तेतरिया बजार, पुलचोक, सिताचोक, शुभचोक, धनुषा पथ हुँदै जनकचोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

संसद विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको नेपाली काँग्रेसको ठहर छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै पार्टीको सबै तहका कार्यकर्ता र समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा सहभागी भएर अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न आग्रह गरेका थिए ।

यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको नेपाली काँग्रेसले शनिबार ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ भने माघ ८ गते देशभरका ६ हजार ७४३ वटै वडाहरुमा विरोध प्रदर्शन गर्ने बताइएको छ ।

प्रकाशित :३ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ । सहरका मुख्य भागका सरकारी जमिन भाडामा लिएर व्यवसाय गर्न सफल यती समूहलाई त्रिभुवन

सर्लाही । नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपश्चात् प्रधानमन्त्री केपी शर्मा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक सहमति गरेर

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट कसैले हटाउन सक्छ भने हटाएर देखाउन चुनौती

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विप्लव समूहमाथिको प्रतिबन्त्र र मुद्दा फिर्ताको प्रक्रिया

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा

झापा : प्रधानमन्त्री ओलीले बिर्तामोड नगरपालिकामा विपन्न तथा आदिवासी समुदायका लागि निर्मित ‘प्रदेश गौरव भिलेज’को

काठमाडौँ : सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा र दीपक चलाउनेको नेतृत्वमा

झापा : प्रधानमन्त्री केपी शर्मा ओली क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न आज झापा

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्षले बाटोमा फालेको लाखौँ रूपैयाँ बरामद

काठमाडौं : चारवटै सुरक्षा निकायका तीन सयभन्दा धेरै सुरक्षाकर्मीको घेरामा रहने प्रधानमन्त्री केपी ओलीले आफू

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई