पिएसजीका प्रशिक्षक कोरोना संक्रमित



काठमाडौं : फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्ट-जर्मेन (पिएसजी) का प्रशिक्षक माउरिसिओ पोकेतिनो कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएसँगै आइसोलेशनमा गएका पोकेतिनोले लिगमा अबका दुई खेल गुमाउने छन् । पोकेतिनो जनवरीको सुरुमा पिएसजीको प्रशिक्षकको रुपमा अनुबन्दित भएका हुन् ।

त्यसअघि उनी टोटनह्यामको प्रशिक्षक थिए । गत बुधबार पोकेतिनोले प्रशिक्षकका रुपमा पिएसजीबाट मात्रै तेस्रो खेलमै आफ्नो प्रशिक्षकण कालको पहिलो उपाधि जितेका थिए । कोरोना भाइरसको संक्रमण मुक्त नहुन्जेल पोकेतिनोको स्थानमा उनका सहयोगीहरुले जिम्मेवारी सम्हाल्ने छन् ।

प्रकाशित :३ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्