सरकारको प्रतिगामी कदमविरुद्ध जसपाको देशभर विरोध प्रदर्शन



काठमाडौं : जसपा नेपालले सरकारको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमविरुद्ध देशभर विरोध प्रदर्शन गरिरहेको छ ।

देशका प्रमुख शहरहरुमा भइरहेको दोस्रो चरणको विरोध प्रदर्शन र बिरोधसभा कार्यक्रम अन्तर्गत २५, २७ र २९ गते ९ स्थानमा विशाल सभासमेत गरिसकेको जसपाले जनाएको छ ।

कार्यक्रम अन्र्तगत आज देशका ६ स्थानमा विरोध प्रदर्शनको आयोजना गरिएको छ । जस अन्तर्गत धरान, सिरहा, मलङ्वा, रौतहट, कलैया र तौलिहवामा कार्यक्रम भएको छ ।

कार्यक्रममा सरकारद्वारा चालिएको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमको विरुद्ध अरु गलत कदम सरकारले नउठोस भन्नका लागि खबरदारी स्वरुप संघर्ष जारी रहने, सर्वोच्च अदालत जो अहिले एक मात्र आशा र भरोसाको केन्द्र हो जसमाथि लोकतन्त्र जोगाउने कार्यभार आएको छ । उसले संविधानको मर्म अनुरुप नै संसद पुनः स्थापनाको मुद्दामा फैसला गर्नेछ भन्ने विश्वास जसपाले लिएको छ ।

कोरोनाको महामारीको बेला खोपको जोहो गर्न छोडेर राजनीतिक अस्थिरता कायम गर्न खोज्नु भनेको प्रधानमन्त्रीको गैरजिम्मेवारीपनको पराकाष्ठा रहेको भन्दै मुलुकमा बढेको भ्रष्टाचार, कालोबजारी, महँगी, कुशासनको सम्पुर्ण नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने, प्रधानमन्त्री संघीयता र गणतन्त्र समाप्त पार्ने खेलमा अग्रसर रहेको भन्दै यस्लाई किमार्थ पनि स्वीकार गर्न नसकिने पसपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित :३ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्