तस्करले लुट्यो ड्युटीमा रहेका असईको पेस्तोल



जनकपुरधाम : धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिकामा तस्करको एक समूहले प्रहरी सहायक निरीक्षक (असई) को पेस्तोल लुटेर भागेको छ । बुधवार बिहान गस्तीमा रहेको असई प्रमोद कुमार साहको टोलीले तस्करलाई नियन्त्रणमा लिन खोज्दा साहको पेस्तोल र त्यसको म्यागजिन समेत लुटेर भागेको धनुषाका प्रमुख जिल्ला आधिकारी प्रदीप कणेलले बताए ।

घटनाको जानकारी आएपछि सुरुमा इन्स्पेक्टरको नेतृत्वमा टोली पठाइएको र अहिले डिएसपीको नेतृत्वमा अर्को टोली घटनास्थलतर्फ पठाइएको उनले जानकारी दिए । 

ठूलो संख्यामा प्रहरी परिचालन गरेर तस्करको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्