
काठमाडौं : आज २४० कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ५८ रहेको छ ।
पछिल्लो २४ घण्टामा ४७७ जना निको भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जनाको कोरोनाका कारण मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ५४ पुगेको हो ।
हालसम्म २३१ जना क्वारेन्टिनमा रहेका छन् । २० लाख ८ हजार ९४४ जनाको पीसीआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित :३ माघ, २०७७