मैले न्यायाधीशलाई भेटेको छैन : प्रधानमन्त्री ओली



काठमाडौं : प्रधानमन्त्री ओलीले न्यायाधीशहरुलाई आफूले नभेटेको दाबी गरेका छन् ।

प्रदेश १ सम्पर्क कमिटीले काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले न्यायाधीशहरुले भेटघाट गरेको भन्ने विषय प्रमाणित गर्न पनि चुनौति दिएका छन् । उनले भने,‘मैले यस पटक मात्रै होइन, शायद कहिले भेटेको छैन ।’ उनले झुट प्रचार गरेर न्याय प्रणालीमाथि प्रहार गर्ने काम गरेको उल्लेख गरे ।

भेटघाटबारे समाचार छाप्ने सञ्चारमाध्यमलाई ‘झुट बोल्ने कर्तव्यको ठेक्का लिएको’ उनले संज्ञा दिंदै भने,’न्यायप्रणालीमाथिको विश्वास हटाउन, न्याय प्रणालीमाथिको गम्भीर प्रहार र घिन लाग्दा कुरा के हुन सक्छ । उहाँहरु यस कुरालाई प्रमाणित गरेर देखाउन सक्छु हुन्छ ?’ उनले मिडियामार्फत् लोकतान्त्रिक संस्थाहरुमाथि हमला गर्ने काम भएको बताए ।

‘एउटा पत्रिका जो झुट बोल्ने कर्तव्यको ठेक्का लिएर बसेको छ । हिजो सर्वोच्च अदालतले खण्डन गरिसकेको छ । आज फेरि पनि के न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेकै हो भनेर आज पनि समाचार आएको छ । लाज पनि लाग्न पर्छ । लोकतान्त्रिक संस्थाहरुमाथिको हमला,’उनले भने ।

प्रकाशित :३ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्