भारत कोभिडविरुद्धको खोपमा नेपाललाई प्राथमिकतामा राखेको छ : परराष्ट्रमन्त्री ज्ञवाली




काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले कोभिडविरुद्धको खोपमा नेपाललाई प्राथमिकतामा राखेको बताएका छन् ।

३ दिने भारत भ्रमण सकेर आज (शनिबार) अपरान्ह नेपाल आइपुगेका मन्त्री ज्ञवालीले अतिआवश्यक क्षेत्रका लागि भारत तत्काल कोभिड खोप उपलब्ध गराउन तयार रहेको जानकारी दिए ।

त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भने,‘भारतले कोभिडविरुद्धको खोपमा नेपाललाई प्राथमिकतामा राखेको छ, अति आवश्यक खोप तत्काल उपलब्ध गराउन तयार छ ।’ मन्त्री ज्ञवालीले कोरोनाका कारण बन्द हवाइ तथा स्थलमार्ग क्रमश ः खोल्दै जाने समहमति भएको बताए ।

मन्त्री ज्ञवाली नेपाल-भारत संयुक्त आयोगको बैठकका लागि गत बिहीबार दिल्ली गएका थिए आज फर्किएका हुन् ।

प्रकाशित :३ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्