गृहमन्त्री थापालाई कालो झण्डा



धनकुटा : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई धनकुटामा कालो झण्डा देखाइएको छ ।

आज धनकुटामा केपी ओली समूहले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधनका लागि धनकुटा पुगेका गृहमन्त्री थापालाई नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले कालो झण्डा देखाएको हो ।

हेलिकप्टरमार्फत् नेपाली सेनाको सल्लेरी व्यारेकमा उत्रिएर त्रिवेणी स्कूलस्थित कार्यक्रम स्थलतर्फ जाँदै गर्दा भीमनारायण चोक नजिक विद्यार्थीहरुले कालो झण्डा देखाएर प्रदर्शन गरेका थिए । कडा सुरक्षाकाबीच कालो झण्डा देखाउँदै विद्यार्थीहरुले गृहमन्त्री थापाविरुद्ध प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री ओलीले असंवैधानिकरुपमा संसद विघटन गरेको भन्दै विरोधमा ओली सरकारका गृहमन्त्रीलाई कालो झण्डा देखाइएको नेवी संघका जिल्ला सभापति बालानन्द दाहालले बताएका छन् ।

प्रकाशित :३ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्