प्रधानमन्त्री संघीयता समाप्त पार्ने खेलमा



कपिलवस्तु : जनता समाजवादी पार्टी (जसपा)का नेता केशव झाले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयता समाप्त पार्ने खेलमा लागेको बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा जसपाले तौलिहवामा गरेको कार्यक्रममा नेता झाले संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदम भएको बताए । उनले भने,‘सर्वोच्च अदालत हाम्रो एक मात्र आशा र भरोसाको केन्द्र हो’ उनले भने, ‘संविधानको मर्म अनुरुप संसद पुनर्स्थापना हुन्छ भने हाम्रो विश्वास हो ।’

कोरोनाको महामारीको बेला खोपको जोहो गर्न छोडेर राजनीतिक अस्थिरता कायम गर्न खोज्नु प्रधानमन्त्री ओलीको गैरजिम्मेवारीपनको पराकाष्ठा भएको उनले बताएका छन् ।

प्रकाशित :३ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्