प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदै



काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।
समूह ‘ए’को खेलमा त्रिभुवन आर्मी र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्दैछन् । यी दुई क्लबको खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहँदा कर्णाली जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गर्न चाहन्छ । आजै समूह ‘बी’को खेलमा बागमती प्रदेश र नेपाल पुलिस क्लब खेल्दैछन् । यो खेल त्रिवि क्रकेट मैदानमा बिहान नौ बजे नै सुरू हुनेछ ।

दुवै टिम पहिलो खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद् सुरुवात गर्ने लक्ष्यमा छन् ।

प्रतिक्रिया दिनुहोस्