विश्वको दोश्रो अग्लो हिमालमा नेपालीले टेके पहिलो पाइला



काठमाडौं : १० जना नेपालीको पर्वतारोही टीमले विश्वको दोस्रो अग्लो हिमाल केटुको सफल आरोण गरेर इतिहास रचेका छन् । पाकिस्तानमा रहेको विश्वको दोश्रो सबैभन्दा अग्लो हिमाल (८ हजार ६११ मिटर अग्लो) केटु आरोहण गरेर उनीहरुले विश्व रेकर्ड बनाएका हुन् ।

टीमका एक सदस्य निर्मल पुर्जाका अनुसार उनीहरु पाकिस्तानी समय अनुसार साँझ ५ बजे केटु हिमालको शिखरमा पुगेका थिए । अघिल्लो साता मात्र स्पेनका एक पर्वतारोही हिमाल चढ्ने क्रममा गोडा चिप्लिएर लड्दा मृत्यु भएको थियो । यो हिमाल अहिलेसम्म कसैले पनि आरोहण गर्न सकेका थिएनन् ।

लामो समयदेखि यो पर्वतलाई सबैभन्दा खतरनाक मानिएको थियो । अमेरिकी पर्वतारोही जर्ज बेलले सन् १९५३ मा केटु हिमाल चढ्ने कोसिस गरे पनि असफल भए र उनको मृत्यु भयो । सुरुमा नेपाली पर्वतारोहीको चारवटा टीम पर्वतारोहणका लागि निस्किएको थियो, जसमा ६० जना थिए ।

तर, अन्तिममा १० जनाले मात्र सफल आरोहण गरेका हुन् । उनीहरुले केटु हिमाल चढेसँगै नेपालको नाममा ऐतिहासिक उपलब्धि दर्ता भएको छ । नेपाली शेर्पाहरु यस्ता खतरनाक हिमाल आरोहणमा संसारमै प्रसिद्ध छन् ।

संसारको उच्च शिखर सगरमाथा आरोहणको कीर्तिमान शेर्पा (तेन्जिङ नोर्गे शेर्पा) जातिमै रहेझै दोस्रो हिमाल आरोहणको कीर्तिमान पनि शेर्पा र नेपाली कै नाममा रहन पुगेको छ । निर्मल पुर्जाले नेपाली टीमले विश्वको दोस्रो शिखर केटुमा पहिलो पाइला राखेको सफलता सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

पहिलो पटक सन् १९८७ देखि १९८८ मा केही पर्वतारोहीले केटु हिमाल आरोहण गर्ने कोसिस गरे पनि अहिलेसम्म कोही पनि ७ हजार ६ सय ५० मिटरभन्दा माथि जान सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्