विश्वास ढकालले मोदीलाई सुनाए आफ्नो सुरुवाती यात्राको कथा



काठमाडौं : इसेवा तथा फोनपेका मातृसंस्था एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले आफ्नो सुरुवाती यात्राका बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सुनाएका छन् । अन्तर्राष्ट्रिय शिखर सम्मेलनको पूर्ण बैठकमा सहभागी हुँदै ढकालले आफ्नो सुरुवाती संघर्षका बारेमा प्रधानमन्त्री मादीसमक्ष बताएका हुन् ।

भर्चूअल माध्यमबाट भएको बैठकमा भारत र बिमस्टेक क्षेत्रका अन्य उद्यमीहरूको पनि सहभागिता रहेको थियो ।

ढकालले प्रविधि क्षेत्रमा महत्वपूर्ण योग्दानर्‍याउँदै आएका छन् । प्रविधिमार्फत सहज, सहुलियतपूर्ण तथा सुरक्षित वित्तीय सेवा प्रदान गर्न तयार पारेको प्रणालीका लागि ढकाललाई सरकारले समेत सम्मान गरेको थियो ।

उनले सन् २००६ मा इसेवाको परिकल्पना गरेर नेपालमा डिजिटल वालेटको सुरुवात गरेका थिए । यो कम्पनीले मोवाइल बैंकिङ सेवामार्फत ७० लाख बढीलाई वित्तीय सेवामा सहज पहुँच दिएको छ ।

प्रतिक्रिया दिनुहोस्