नेपाल स्टारको फाइनल सन्देशलाई गृहजिल्लामा स्वागत



धरान । धरानका सन्देश बमजन लामालाई ‘वाईवाई नेपाल स्टार’को फाइनलमा पुगे पछि गृहजिल्लामा भव्य स्वागत गरिएको छ ।
हिजो शनिबार राती नेपाल टेलिभिजनबाट प्रशारण भएको नेपाल स्टारको कार्यक्रमले सन्देश फाइनल प्रतिष्पर्धामा पुगेको घोषणा गरेको थियो ।
आइतबार उनलाई धरानको सिटी कलेजले सम्मान गरेको हो । धरानको तीनकुनेदेखि धरान बजार, भानुचोक हुँदै भानुस्मृतिपथ स्थित उनको घरसम्म स्वागतमा शुभचिन्तकहरुले ¥याली प्रदर्शन गरका थिए । ¥याली सहित घर पुगेका उनलाई छिमेकीहरुले भव्य स्वागत गरेका हुन् ।
‘सन्देश बम्जन लामा जिताऔं अभियान’का संयोजक प्रेम क्षेत्रीकाअनुसार सन्देशको फाइनल यात्राबारे आइतबार दिउँसो धरानमा पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।
जानकारीअनुसार आइतबार साँझ बगरकोटस्थित भाइब्स लाउन्ज एन्ड बारमा सन्देशको स्वागत तथा प्रस्तुती हुने छ भने भोलि सोमबार धरानको बावु लाउन्ज एन्ड बारमा कार्यक्रम हुनेछ ।
त्यस्तै मङ्गलबार धरानको भानुचोकमा सन्देशको भव्य सांगीतिक कार्यक्रम आयोजना गरिएको छ भने बुधबार उनी फाइनलका लागि काठमाडौं फर्किंदै छन् ।

प्रतिक्रिया दिनुहोस्