रौतहटको गरुडाका सबै सामुदायिक विद्यालय बन्द



रौतहट । लगातारको शीतलहरका कारण रौतहटको गरुडा नगरपालिकाका सबै सामुदायिक विद्यालय बन्द गर्ने भएको छ ।
आइतबार नगरपालिकाले एक सूचना जारी गर्दै बिद्यालय बन्द गर्ने निर्णय गरेको छ । एक सातादेखिको लगातार हुस्सु र शीतलहरले तराईको जनजीवन कष्टकर बन्दै गएपछी नगरपालिकाले यस्तो निर्णय गरेको हो ।
नगरपालिकाको सुचनामा अत्याधिक चिसो बढेको कारण कोभिड–१९ को महामारिले बालबालिकामा झन जोखिम हुने हुँदा आइतबार देखि मंगरवारसम्म विद्यालय बन्द गर्ने जनाएको छ ।
पाँच गतेपर्ने मधेशी सहिद दिवसलाई समेत मध्येनजर राख्दै नगरपालिकाले उक्त निर्णय जारी गरेको हो ।
बढ्दो चिसोका कारण तराइका सरकारी कार्यालयहरुमा सेवाग्राहीको संख्या न्युन देखिएको छ, भने बजारमा चहलपहल घटेको छ ।

प्रतिक्रिया दिनुहोस्