प्रतिनिधि सभा विघटन मुद्दा हेर्दाहेर्दैमा, सोमबार पनि सुनुवाइ हुने



काठमाडौं । प्रतिनिधि सभा विघटन मुद्दाबारे सर्वोच्च अदालतमा आइतबार भएको सुनवाइ सकिएको छ । सुनवाइ सोमबार पुनः हुनेछ ।
प्रतिनिधिसभा पुनर्स्थापना गरी पाउँ भनी सन्तोष भण्डारीले दिएको रिटमाथि संवैधानिक इजलासमा बहस भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेको विरूद्ध सर्वोच्चमा मुद्दा विचाराधीन छ । उक्त मुद्दाबारे आइतबारदेखि निरन्तर सुनुवाइ सुरू भएको हो ।
आइतबारको बहसमा सन्तोष भण्डारी, गिरिराज भट्ट, भीमार्जुन आचार्य र सुनिल पोखरेलले भाग लिएका थिए । उनीहरुले संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै निवेदकको मागअनुसार संसद् पुनस्र्थापना गर्ने फैसला गरी पाउँ भनी माग गरेका थिए ।
बहुमतको प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानले संसद् विघटनको अधिकार नदिएको उनीहरुको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्