मन्त्री प्रभुशाह द्धारा १५ दिन भित्र निर्माणकार्यको विवरण पठाउन निर्देशन



काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले मन्त्रालय मातहतका सम्पुर्ण निकायहरुबाट आयोजनाको विस्तृत कामको विवरण माग गरेका छन् । उनले रुग्ण तथा निर्माणाधीन आयोजनाहरुको निर्माण कार्यलाई प्रभावकारी बनाउन निर्देशन समेत दिएका हुन् ।

मन्त्री साहले एक परिपत्र जारी गर्दै कुनै पनि परियोजना ठेक्का गर्दा ठेकेदारले पेश गरेको कार्यतालिका बमोजिम काम भए नभएको तथा त्यसमा सम्बन्धित निकायको तर्फबाट भएका कामकारवाहीको विवरण १५ दिन भित्र मन्त्रालय पठाउन निर्देशन दिएका हुन् ।

उनले खरिद सम्झौता अनुसार काम नभई रुग्ण बनेका आयोजनामा गरिएका प्रयास र ठेकेदारलाई नियम बमोजिम कामकारवाहीको विवरण माग गरेको मन्त्री निकट एक कर्मचारीले जनकारी दिए ।

ठेकेदारले कुनैपनि कार्य सम्पन्न गर्ने कार्यतालिका पेश गरे बमोजिम तोकिएको समयभन्दा अगावै काम सकाए प्रोत्साहन रकम तथा ढिलाई गरे १० प्रतिशतसम्म हरजाना तिराउनुपर्ने व्यवस्था छ ।

निर्देशन पछि प्राप्त हुने विवरणबाट आयोजनाहरुको स्थिति र शहरी मन्त्रालय मातहतका निकायको क्षमता तथा कार्यकारवाहीको स्थिती पनि थाहा हुने विश्वास मन्त्री साहको छ ।

प्रतिक्रिया दिनुहोस्