यस्ताे अायाे प्रधानमन्त्री अाेलीकाे स्वास्थ्य रिपाेर्ट



काठमाडौं : साेमबार बिहानै अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

 

छातीमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई साेमबार बिहानै अस्पताल पुर्‍याइएको थियो । उनको शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ ।

 

प्रधानमन्त्रीको स्वास्थ्यबारे अस्पतालले सार्वजनिक गरेकाे पहिलो रिपोर्टमा छातिमा संक्रमण देखिएको छ भने शरिरमा चिनीको मात्र असन्तुलित देखिएको छ ।

 

स्वास्थ्य स्थितिमा क्रमिक सुधार देखिएको र अरु स्वास्थ्य स्थिति सामान्य रहेको अस्पताल स्राेतले जानकारी गराएकाे छ । 


यी समाचार पनि पढ्नुहाेस् 

प्रधानमन्त्री भेट्न नेकपाका शीर्ष नेता र शुभेच्छुकहरु अस्पतालमा

झलनाथ पुगे प्रधानमन्त्री ओली भेट्न अस्पतालमा

प्रधानमन्त्री ओली अस्पताल भर्ना

प्रतिक्रिया दिनुहोस्