काठमाडौं : भारतको पञ्जावको तरनतारनमा कस्बा पट्टिमा भएको मुठभेडमा ३ जना अपराधि मारिएका छन् ।
३ अपराधीको अहिलेसम्म मृत्यु भएको र अहिले पनि मुठभेड जारी रहेको बताइएको छ । बाँकी २ अपराधीले अहिले पनि पुलिससँग गोलीबारी गरिरहेको बताइएको छ ।
बिहान ११ बजे स्थानीयले यसको सूचना दिएपछि पुलिस त्यहाँ पुगेको थियो । बन्दुकधारीलाई आत्मसमर्पण गर्न भन्दा नमानेको र उनीहरुले नै फायरिङ शुरु गरेपछि प्रहरीले जवाफी फयरिङ गरेको बताइएको छ ।
प्रकाशित :५ माघ, २०७७