आज ३२२ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा ३२२ कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये ३ हजार ८ सय ६१ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा ४ हजार ३ सय ६ जनाको पिसिआर परीक्षण गर्दा ३ सय २२ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख १६ हजार ७ सय ५८ पुगेको छ । आज थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ६५ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल २ सय २१ जना क्वारेन्टाइनमा रहेका छन् । गत २४ घण्टामा ३ सय ७४ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ६१ हजार ८ सय १८ पुगेको मन्त्रालयले जनाएको छ ।

तयस्तै, देशभर हाल १ सय ९५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । १ सय ६१ जना आइसियु र ३४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ४ आइसियु र १ जना भेन्टिलेटरमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशमा ७० आइसियु र २२ भेन्टिलेटरमा, गण्डकीमा ५३ आइसियु र ८ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा २९ आइसियु र ३ भेन्टिलेटरमा रहेको र कर्णाली प्रदेशमा २ जना आइसियुमा छन् भने भेन्टिलेटरमा छैनन् । सूदुरपश्चिम प्रदेशमा ३ जना संक्रमित आइसियुमा मात्र रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित :५ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्