समुदायिक वनका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन-पत्र




विराटनगर : वैज्ञानिक वन व्यवस्थापन सञ्जाल मोरङ र झापाका पदाधिकारीहरुले प्रधानमन्त्रीलाई ज्ञापन-पत्र पठाएका छन् ।

मोरङ र झापा गरी ४० वटा सामुदायिक वनका पदाधिकारीले सोमबार प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री जगदिश कुसियैतमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् ।

ज्ञापनपत्रमा उनीहरुले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम कार्यविधि २०७१ लाई सक्रिय गरिदिन माग राखेका छन् । सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत समन्वय गरि कटान गरिएका रुख बिक्री गर्ने बाटो खोलिदिनु पर्ने उनीहरुको माग रहेको छ ।

सरकारले वनबाट काठको संकलन, उत्पादन र बिक्री वितरणमा रोक लगाउँदा गत वर्ष कटान, छपान र ढलान गरिएका काठ कुहिएको भन्दै उनीहरुले सरकारसंग यस्तो माग गरेका हुन् । सरकारले मनलाग्दी सालको रुख कटान गरेर बिक्री गरेको भन्दै २०७७ जेठ १५ गतेदेखि देशभरमा रहेका वनका सम्पूर्ण नियमित गतिविधिमा रोक लगाएको थियो ।

प्रकाशित:५ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्