अख्तियार प्रमुख अायुक्तका लागि घिमिरेकाे सुनुवाइ हुँदै



काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका लागि आज नवीनकुमार घिमिरेमाथि संसदीय सुनुवाइ हुँदै छ ।

आयोगका प्रस्तावित प्रमुख आयुक्त घिमिरेलाई संसद सचिवालय संसदीय सुनुवाइका लागि दिउँसो १ बजे सार्वजनिक लेखा समितिको हलमा बोलाइएको महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठकमा घिमिरेले आफ्नो कार्ययोजना प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्