खोपका लागि लाइन नमिच्न डब्लुएचओको आग्रह



काठमाडौं : विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले देशहरूलाई आफ्ना निम्ति कोभिड(१९ खोपको जोहो गर्नका लागि लाइन नमिच्न आग्रह गरेका छन्। टेड्रोस एडहानोम गेहब्रेयससले मलाई पहिला भन्ने शैली आफ्नै निम्ति समेत हानिकारक हुने बताए। त्यसो गर्दा खोपको भाउ र जम्माखोरी बढ्ने उनले चेतावनी दिएका छन्।

चरम नैतिक सङ्कट
डब्लुएचओका महानिर्देशकले असमान खोप वितरणका कारण संसार चरम नैतिक सङ्कटको सम्मुख भएको भन्दै अन्तर्राष्ट्रिय खोप आपूर्ति सञ्जाल कोभ्याक्स अभियानप्रति सबै देशको पूर्ण प्रतिबद्धता हुनुपर्ने बताए। कोभ्याक्सअन्तर्गत आगामी महिनादेखि खोप आपूर्ति थालिने बताइएको छ। उनले गरिब देशका स्वास्थ्यकर्मी तथा जोखिमपूर्ण समुदायभन्दा पहिले धनी देशका युवा तथा स्वस्थ्य मानिसहरूले खोप लगाउनु अनुचित भएको पनि बताएका छन्।

सोमबार डब्लुएचओको कार्यकारी समितिलाई सम्बोधन गर्दै उनले भने, मैले केही खरो बोल्नुपर्ने भएको छ, विश्व नैतिक विफलताको डिलमा पुगेको छ, अनि यसको मूल्य विश्वका गरिब देशहरूका मानिसहरूले आफ्नो जीवन र जीविकाले तिर्नुपर्नेछ। आफूलाई मात्र खोपको जोहो गर्ने शैली प्रति सङ्केत गर्दै उनले भने, ‘अन्तत: यस्ता कार्यले केवल महामारीलाई लम्ब्याइदिनेछ। अनि त्यसका साथै महामारीका लागि आवश्यक निषेध अनि मानवीय र आर्थिक पीडा लम्बिनेछ।’

संसारका ४९ धनी देशहरूले ३ करोड ९० लाख मात्राको खोप लगाइसकेको तर न्यून आय भएको एउटा देशमा जम्मा २५ मात्राको खोप पुगेको उनले बताए। हालसम्म भारत, चीन, रुस, अमेरिका, यूके अनि केही बहुराष्ट्रिय टोलीले खोप विकास गरेका छन्। सबैले आफ्नै जनसङ्ख्यालाई खोप लगाउन प्राथमिकता दिएका छन्।

‘मेरो मुख्य चुनौती भनेको एप्रिल ७ को आगामी विश्व स्वास्थ्य दिवस अगावै सबै देशहमा कोभिड-१९ का खोप लगाउन थालियोस् भन्ने छ। जसले महामारी तथा असमानताविरुद्ध आशा जगाउन सकोस्,’ डा टेड्रोसले भने। हालसम्म १८० देश कोभ्याक्समा सामेल भएका छन्।

यो सञ्जाललाई डब्लुएचओ तथा केही अन्तर्राष्ट्रिय निकायले सहयोग गरेका छन् ताकि देशहरूलाई एकताबद्ध पारेर औषधि कम्पनीहरूसँग मोलतोल गर्न सकियोस्। यस अन्तर्गत न्यून वा मध्यम आय भएका ९२ देशहरूका निम्ति दाताहरूले खोपको पैसा तिरिदिनेछन्।

‘हामीले पाँच खोप उत्पादकसँग दुई अर्ब मात्राको खोप आपूर्ति सुनिश्चित गरिसकेका छौँ। थप एक अर्ब मात्राको पनि विकल्प रहेको छ। हामी फेब्रुअरीबाट आपूर्ति सुरु गर्ने लक्ष्यमा छौँ,’ डा टेड्रोसले भने।

इजरेलको खोप अभियान सबैभन्दा द्रुत
विश्वमा सबैभन्दा छिटो आफ्ना जनसङ्ख्यालाई कोरोनाभाइरसको खोप दिलाउँदै आएको इजरेलले खोप निर्माता कम्पनी फाइजरसँग उसको सम्झौताबारे विवरण सार्वजनिक गरेको छ। इजरेली सरकारले देशमा समुदायस्तरमा प्रतिरोध क्षमता वा हर्ड इम्युनिटी कहिलेसम्म भइसक्छ भन्ने आकलन गर्न खोप लगाएका बारे सूचना तत्काल सम्प्रेषण गरिरहेको छ।

सञ्चारमाध्यमहरूमा आएका विवरणअनुसार इजरेलले द्रुत गतिमा आपूर्ति सुनिश्चित् गर्न बढी पैसा तिरेको छ। तर यसको आधिकारिक पुष्टि गरिएको छैन। इजरायल सरकारका अनुसार उसले फाइजरलाई दिएको आँकडाले कोभिडबारे विश्वव्यापी अनुसन्धानलाई सघाउ पुग्नेछ तर आलोचकहरूले चाहिँ गोपनियता तथा नैतिकताका चिन्ता व्यक्त गरेका छन्। साथै धनी देशहरूलाई उपलब्ध अनुचित फाइदालाई पनि यसले उजागर गरेको बताइएको छ।

हालसम्म इजरेलले २० लाखभन्दा धेरै वा एक चौथाइ जनसङ्ख्यालाई खोप दिलाइसकेको छ। क्यानडाको पनि आलोचना भएको छ। उसले प्रत्येक क्यानडेलीलाई पाँच पटक लगाउन पुग्ने मात्राको खोप अर्डर गरिसकेको बताइएको छ। डिसेम्बरमा प्रतिक्रिया दिँदै क्यानडाकी अन्तर्राष्ट्रिय विकासमन्त्री क्यारिना गुल्डले ती आरोप अस्वीकार गर्दै खोपको आपूर्ति नै नभइकन यस्ता कुरा गर्नु यथार्थपरक नहुने बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं । नेकपाको आन्तरिक राजनीतिमा पूर्व माओवादी केन्द्रका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएपछि

काठमाडौँ । निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेश अनुसार दल एकीकरणका लागि आउन आह्वान गर्दै नेकपा

काठमाडौं । नेकपा (एमाले)की नेतृ एवं राष्ट्रिय सभा सदस्य कोमल ओलीले आफ्नै पार्टीका नेता रघुजी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुभारम्भ गरेका छन् । नेपाल उद्योग

काठमाडौं : वरिष्ठ नेता माधव नेपालको समूह साबिकको एमालेमा सक्रिय हुने भएको छ । सर्वोच्च अदालतले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशमा जनमतसंग्रह हुनुपर्ने बताएका

काठमाडौं । २४ फागुन । नेकपा दाहाल–नेपाल समूहले अब नेकपा एमाले र नेकपा माओवादी केन्द्र

काठमाडौँ । नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले सर्वोच्च अदालतको फैसला पछिको परिप्रेक्ष्यमा

काठमाडौं । सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि गुट परिवर्तन गरेका सांसदहरु

काठमाडौं । नेकपा पार्टी विभाजन पछि प्रचण्ड समूहमा लागेर पार्टी अध्यक्ष बनेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई भैसेपाटी पुगेर विष्णु पौडेलले भेट गरेका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको प्रधानमन्त्री हो भनेर सर्वोच्च अदालतलाई जबाब