मेचीपारि पहिलो पटक अस्थायी प्रहरी बिट



काठमाडौं : झापाको भद्रपुर नगरपालिका-५ स्थित मेचीपारि सीमा नाकामा पहिलो पटक अस्थायी प्रहरी बिट स्थापना भएको छ ।

नेपाल-भारत सीमा नाकाको मेचीपारि पहिलो पटक अस्थायी प्रहरी बिट १६ लाख ८० हजारको लागतमा निर्माण भएको हो ।

मेची नदीपारि मेचीनगर नगरपालिका-१५, भद्रपुर-५ र ३ मा नेपाली बस्ती छ । वडा प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्र र भद्रपुर नगरपालिकाको सहयोगमा निर्माण भएको बिटको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले उदघाटन गरेका थिए ।

बिटको गत जेठ २४ गते निर्माण कार्य शुरु भएर माघ ५ गते सम्पन्न भएको थियो । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि रोकथाम तथा नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिने उद्देश्यले प्रहरी बिट स्थापना गरिएको बताइएको छ ।

प्रकाशित :६ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्