बालविवाह गर्ने गराउने ४ जना पक्राउ



सप्तरी : सप्तरीमा बालविवाह गर्ने गराउने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । हनुमाननगर कंकालिनी नगरपालिका-१४, रामपुरमा बालविवाह गर्ने र गराउने कार्यमा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सोही नगरपालिका बस्ने १५ वर्षीया बेहुली, तिरहुत गाउँपालिका-३ बस्ने बेहुला, ४३ वर्षीय विनोद सुतियार, विवाह गराउने कार्यमा संलग्न सोही ठाउँ बस्ने ६७ वर्षीय रामेश्वर शर्मा र बेहुलीकी ४५ वर्षीया आमा रहेका छन् । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :६ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्