आज तोलामा ४ सयले बढ्यो सुनको मूल्य



काठमाडौं :आज सुनको मूल्य तोलामा ४ सयले बढेको छ । हिजो ९१ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९२ हजार कायम भएको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ ।

महासंघले आजका लागि तेजाबी सुनको मूल्य ९१ हजार ५ सय तोकेको छ । सोमबार ९१ हजार ४ सयमा प्रतितोला तेजाबी सुनको कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । सोमबार १२ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आज १२ सय ४५ पुगेको हो ।

प्रकाशित -६ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्