भारतले नेपाललाई अर्काे साता निःशुल्क खोप दिने



काठमाडौं : भारतले नेपालसहितका छिमेकी मुलुकलाई कोरोना भाइरस विरुद्धको खोप करिब एक करोड डोज निःशुल्क उपलब्ध गराउने भएको छ । भारतीय केन्द्रीय स्वास्थ्य समितिले नेपाल, बंगलादेश र भुटानलाई उक्त परिमाणमा खोप निर्यात गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

बंगलादेशले भने दुई करोड डोज खोप गिफ्टको रुपमा पाउने जनाइएको छ । भुटानी प्रधानमन्त्री लोते छिरिङले पनि भारतले आफ्नो देशलाई निःशुल्क खोप उपलब्ध गराउन लागेको ट्वीट गरेका छन् । भारतले श्रीलंका, अफगानिस्तान, मौरिसस र माल्दिभ्सलाई पनि खोप उपलब्ध गराउने भएको छ ।

भारतले छिमेकी देशलाई १० मिलियन डोज खोप वितरण गर्ने भएको छ । भारतीय मिडियाले यो निर्णयलाई खोप कुटनीतिको कदमको रुपमा लिएका छन् । छिमेकी सम्बन्ध हार्दिक बनाउन खोप कुटनीतिले काम गर्ने उनीहरुको ठम्याइ छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका एक अधिकारीले सिरम इन्स्टिच्युटको कोभिसिल्ड र बायोटेकको कोभ्याक्सिनका १० मिलियन डोज छिमेकी देशलाई प्रदान गर्ने निर्णय भएको हो । आउने साता यी परिमाणको डोजको आपूर्ति सुरु हुने समेत भारतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्