त्रिवि शिक्षण अस्पतालको चिकित्सकमाथि आक्रमण



काठमाडौं : त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकमाथि बिरामीले आक्रमण गरेका छन् ।

चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले ड्युटीमा खटिएका चिकित्सकमाथि आक्रमण गरेका हुन् । कोभिड आइसियुमा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले डा.सबिन भण्डारीलाई लातीले हानिएको नेशनल रेजिडेण्ट एशोसिएसनका सचिव डा.सुमन दाहालले बताए ।

उक्त बिरामी बुटवलका हुन् । इन्फ्लुएन्जा देखिएपछि ती बिरामीलाई आइसियुमा भर्ना गरिएको थियो । बिरामीको इन्फ्लुएन्जाको परीक्षण गर्न स्वाब टेकु पठाइएको थियो । इन्फ्लुएन्जाको परीक्षणसँगै कोरोनाको पनि परीक्षण भएको डा. दाहालले बताए ।

इन्फ्लुएन्जाको रिपोर्ट नेगेटिभ आएपनि कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि ती बिरामीलाई कोभिड आइसियुमा सारिएको थियो ।

कोभिड आइसियुमा उपचार हुने क्रममा बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले बिरामी मारेको भन्दै डा.सबिन माथि आमक्रमण गरेको दाहालले बताए । उनले भने,‘कोरोना पोजेटिभ आएपछि हामीले बिरामीलाई कोभिड आइसियुमा सार्यौं । बिरामीले पिसिआर रिपोर्ट माग्दा हामीलाई टेकुबाट फोन आएको हो, त्यही बुझ्नुस भन्यौं, त्यहाँ जाँदा इन्फ्लुएन्जाको रिपोर्ट मात्र हेरेछन्, अनि अस्पताल आएर बिरामीलाई कोभिडमा सारेर मार्यौं भन्दै आक्रमण गरे ।’

आक्रमण गर्ने व्यक्तिलाई कारबाही गर्न माग गर्दै कोभिडको महामारीमा बिरामीको उपचारमा खटिदा पनि बिरामीहरुबाट आक्रमण हुँदा आफूहरु निरुत्साहित भएको डा.सबिनको भनाइ छ ।

प्रकाशित:६ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्