वैशाखपछि ओली जान्छन्, अर्को खिलराजको खोजी भइसकेको छः नेता पुन



प्युठान : नेकपा प्रचण्ड-नेपाल समूहका नेता वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीलाई गणतन्त्र मन नपरेका कारण अर्कै बाटो हिंड्न खोजेको आरोप लगाएका छन् ।

२०६२÷०६३ को जनआन्दोलन उत्कर्षमा पुग्दै गर्दा ओलीले नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना सम्भव नभएको अभिव्यक्ति दिएको स्मरण गर्दै उनले तत्कालीन एमालेले गणतन्त्रको लाइन पारित गर्दा ओलीले ‘नोट अफ डिसेन्ट’ नै लेखेको उल्लेख गरे ।

‘उहाँले नेपालमा गणतन्त्र आउनु बयलगाडा चढेर अमेरिका गएजस्तै कठिन हुने बताउनुभएको थियो’, नेकपा प्रचण्ड-नेपाल पक्षका कायर्यकर्ता भेलालाई प्युठानमा सम्बोधन गर्दै पुनले भने, ‘हामीले उहाँको विचारमा परिवर्तन आयो होला भन्ने विश्वास ग¥यौं, तर उहाँ बयलगाडाकै मनोविज्ञानमा हुनुहुँदोरहेछ ।’

घमण्ड र अहंकारका कारण ओलीले असंवैधानिक रपमा संसद विघटन गरेको आरोप पुनले लगाए । ओलीलाई दक्षिणपन्थको आरोप लगाउँदै पुनले दक्षिणपन्थहरु क्रान्तिकारी आन्दोलन हाबी हुँदा पछि लाग्ने र अलिकति मात्र कमजोर हुँदा टाउको उठाउने गरेको इतिहास संसारभर रहेको चर्चा गरे ।

‘केपी ओलीको निरंकुश शैली, व्यक्तिवाद र सन्काहा प्रवृत्तिका कारण एकता जोगाउन नसकिएकामा अप्ठेरो र लज्जित महसुस भएको छ’, पुनले भने, ‘ तर, एमाले निर्माण गर्ने, विचार, विधि, पद्धतिमा आधारित पार्टी निर्माण गर्ने माधवकुमार नेपाल हो, झलनाथ खनाल हो, त्यो प्रवृत्ति हामीसँगै छौं ।’ मन्त्रिपरिषदमा ओलीसँग तीन वर्ष सँगै काम गर्दा उनमा फाँसिवादी चरित्र देखेको टिप्पणी पुनले बताए ।

पुनले ओलीको नेतृत्वमा सानो गुट विचलित भएर बाहिरिए पनि विचार, विधि, पद्धतिमा चल्ने माधव नेपालको मूल प्रवृत्ति र जनयुद्ध जनआन्दोलनको नेतृत्व गरेका प्रचण्ड रहेको पार्टी नै मुल धारा प्रवाह भएको दाबी गरे ।

संसद् पुर्नस्थापना नभए संविधान मिचिने र अन्ततः ७० वर्ष लामो संघर्षको बलमा प्राप्त राजनीतिक उपलब्धी गुम्ने प्रक्रियातिर जाने पुनको भनाइ थियो । संविधानमा व्यवस्था नभएकोबारे जानकारी भए पनि राष्ट्रिय÷अन्तर्राष्ट्रिय शक्ति केन्द्र तथा निकायको सेटिङमा प्रतिनिधिसभा विघटन भएको पछिल्ला घटनाक्रमले पुष्टि गरेको उनको भनाइ छ । ओलीले विपक्षी र विरोधीलाई पेलेर अझै डेढ÷दुई वर्ष सत्ता चलाउने सपना देखेको तर, त्यो सम्भव नभएको उनले बताए । निर्वाचन घोषणा गरेका कारण वैशाख अन्तिमसम्म वैधानिकता रहे पनि त्यसपछि वर्तमान कामचलाउ सरकारको वैधता सकिने पनि उहाँले स्पष्ट गर्नुभयो । ओलीलाई हटाएर प्रतिनिधिसभा विघटन गराउने शक्तिले नै अर्को खिलराज रेग्मीको खोजी गरिसकेको दाबी उनले गरे ।

‘ओलीजीले सबैलाई पेलपाल गरेर अझै डेढ-दुई वर्ष सत्ता चलाउँछु भन्ने सपना देखिरहनुभएको छ’, पुनले भने, ‘जसको सेटिङमा प्रतिनिधिसभा सिध्याउनुभयो, उसैले वैशाखपछिका लागि अर्को खिलराजको खोजी गरिरहेको छ ।’ नेपालमा संविधान जारी गर्नु हुँदैन भन्दै संविधान रोक्न आएकाहरु र संविधान जारी भएपछि पनि लागू हुन दिन्नौं भन्नेहरु अहिले पनि शक्तिमै रहेको र उनीहरुको इशारामा ओलीले लोकतन्त्र, गणतन्त्र, समावेशीता तथा सामाजिक न्यायमाथि प्रहार गरेको पुनले दाबी गरे ।

प्रकाशित :६ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : म्यानमारमा भएको नरसंहारको विरोधमा ललितपुरस्थित म्यानमारको दूतावास अगाडि प्रदर्शन भएको छ । वृहत

काठमाडौँ : नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक शुक्रबार बस्दै छ । बैठक दिउँसो १

काठमाडौँ : एसीड आक्रमणमा परेकी वीरगंज निवासी मुस्कान खातुनले अन्तर्राष्ट्रिय साहसी महिला (आइडब्ल्युओसी) पुरस्कार पाउने

एजेन्सी : टर्कीमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दक्षिण पूर्वी

काठमाडौँ : विकसित राजनीतिक घटनाक्रममा कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेस अझै अनिर्णित नै छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा संसदीय दलको बैठकका लागि नेकपाका अध्यक्ष पुष्पकमल

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले छिट्टै निर्वाचन गर्ने सहमतीका साथ ओली बाहेकका शक्तिहरु

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक समस्या समाधानका निम्ति निर्वाचन आयोगले

काठमाडौँ । सरकारले नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ

गुल्मी : गुल्मीको भाडगाउँमा युवतीको हत्या अभियोगमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।

काठमाडौं : राजनीतिक रूपमा विभाजन भइसकेको नेपाल कम्युनिष्ट पार्टीका दुई समूहका दोस्रो तहका नेताहरूले छलफल

काठमाडौं– राष्ट्रिय सभा सदस्य कोमल वलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रेम गर्नु भनेको देशलाई प्रेम