कलेज बस दुर्घटनामा ५ विद्यार्थी घाइते



रंगेली :मोरङको रंगेलीमा कलेज बस दुर्घटना हुदा ५ जना घाइते भएका छन ।

घाइते हुँनेमा वर्ष १७ की रेजिना घिमिरे, वर्ष १६ की शर्दा भट्टराई, वर्ष १६ की मनिषा राजवंशी, वर्ष १६ की निसा ताजपुरिया र वर्ष १६ का बिसाल कुमार मण्डल रहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

डाइनियाबाट रंगेली तर्फ विद्यार्थी लिई आउदै गरेको बा२ख४५८ नंम्बरको मेरिल्याण्ड कलेज विराटनगरको बस रंगेली रोडमा दुर्घटना भएको थियो ।

घाइतको मकालु अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।बसका चालक रतुवामाई नपा६बस्ने वर्ष ३१का धर्मेन्द्र बर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।

प्रकाशित : ६ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्