नेपाल चिकित्सक संघ कोशीमा सिलवाल समूह विजयी



विराटनगरः नेपाल चिकित्सक संघ कोशी विराटनगर अध्यक्षमा डा.फरवार्ड सिलवाल निर्वाचित भएका छन् ।
सिलवाल ३ सय ६१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनले प्रतिस्पर्धी डा.कैलाश श्रेष्ठलाई ९० मत अन्तरले पराजित गरेका हुन ।
संघमा श्रेष्ठ समुहका वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष र एक जना सदस्य गरि तीन जना पदाधिकारी बाहेक सबै पदमा सिलवालको समूह निर्वाचित भएको हो ।
संघको वरिष्ठ उपाध्यक्ष डा.सन्जिब कुमार ठाकुर, उपाध्यक्ष डा.यज्ञराज खरेल, महा–सचिव डा.राजेन्द्र चौधरी र कोषाध्यक्षमा डा.सुधिर श्रेष्ठ, सह–कोषाध्यक्षमा डा.जुबिन सिलवाल र सह–सचिवमा सुनिल रेग्मीले निर्वाचित भएका छन् ।
सदस्यहरु डा.रोशन खड्का, डा. अमर कुमार यादवल, डा.अरबेन्द्र कुमार महतो, डा.अन्जु देव, डा.पार्थ गुरागाई र प्ररणा दाहाल रहेका छन् ।
सोमबार राती सार्वजनिक भएको निर्वाचनको मत परिमाण अनुसार संघमा सिलवालको समुहले निर्वाचित भएको हो ।

प्रतिक्रिया दिनुहोस्