ट्रकले कुल्चिँदा १५ मजदुरको मृत्यु, ७ जना घाइते



काठमाडौं:भारतको गुजरातमा ट्रकले कुल्चिँदा १५ जनाको ज्यान गएको छ । गुजरात सुरत स्थित सडक किनारमा सुतिरहेका मजदुरमाथि एक ट्रक अनियन्त्रित भइ गुडेको हो ।

सोमबार राति भएको दुर्घटनामा १५ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उखु लोड गरेको ट्याक्टरसँग ठोक्किएर ट्रक अनियन्त्रित भएको र पुटपाथमा सुतिरहेकालाई कुल्चीएको हो ।

प्रकाशित :६ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्