आज ३४८ कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु



काठमाडौैं : पछिल्लो २४ घण्टामा ३४८ कोरोना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये ३ हजार ७६४ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा ४ हजार ९५६ जनाको पिसिआर परीक्षण गर्दा ३४८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख २१ हजार ७१४ पुगेको छ ।

आज थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ६९ पुगेको मन्त्रालयले जनाएको छ । हाल १९० जना क्वारेन्टाइनमा रहेका छन् । गत २४ घण्टामा ४४१ जना उपचारपछि डिस्चार्ज भएका छन् । नेपालमा निको हुनेको संख्या २ लाख ६२ हजार २५९ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, देशभर १९६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । १६१ जना आइसियु र ३५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ३ जना आइसियु रहेका छन् भने १ मा कोही पनि संक्रमित भेन्टिलेटरमा छैनन् ।

प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ । बागमती प्रदेशमा ७० आइसियु र २३ भेन्टिलेटरमा, गण्डकीमा ५३ आइसियु र ८ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ३१ आइसियु र ४ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा एक जना आइसियुमा छन् । भेन्टिलेटरमा कोही छैनन् । सूदुरपश्चिम प्रदेशमा ३ जना संक्रमित आइसियुमा मात्र रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित :६ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्