बलात्कारीलाई २० वर्ष कैद, ५० हजार जरिवाना



भोजपुरः जिल्ला अदालत भोजपुरले बालिका जबरजस्ती करणी गर्ने युवकलाई २० वर्ष कैद र ५० हजार क्षतिपुर्तिको सजाय तोकेको छ ।
सजाय पाउने भोजपुर नगरपालिका–१२ टक्सारका केशर सुन्दास रहेका छन् । न्यायाधीश गेहेन्द्रराज पन्तको इजालसले उनी माथि यस्तो फैसला गरेको हो ।
अदालतले सोही घटनामा संलग्न इटहरी उपमहानगरपालिका–२ भुल्केका खेमराज दमाईलाई पाँचवर्ष कैद सजाय सुनाएको छ । प्रहरीका अनुसार उनले बालिकालाई ललाइफकाई केशरको घरसम्म लगेका थिए ।
पीडित परिवारको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई प्रक्राउ गरेको थियो । २०७६ साल भाद्र ८ गते केशरले आफ्नै घरमा बालिकालाई जबर्जस्तीकरणी गरेको प्रहरी कार्यालय भोजपुरले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्