दुई पेस्तोलसहित युवक पक्राउ



जनकपुरधाम । प्रहरीले पेस्तोल सहित एक युवकलाई जनकपुरमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुर सोहनी निवासी वर्ष २५ का बिवेक यादव छन् । प्रहरीले उसको साथमा दुई वटा पेस्तोल फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको रामरेखा यादवको टोलीले उनलाई पक्राउ गरेको हो ।
हातहतियार ओसारपसारको गोप्य सूचनाको आधारमा उक्त टोलीले उनलाई पक्राउ गरेको धनुषा प्रहरी कार्यालयले जनाएको छ ।
हतियार सहित पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्