डुबेको अवस्थामा शव फेला



सिरहा : सिरहाको लहानमा आज दिउँसो बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

पूर्वपश्चिम लोकमार्गसँग टाँसिएको लक्ष्मण ललिता मावि स्कुल नजिकै रहेको सार्वजानिक पोखरीमा शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पोखरीमा माछा मार्न गएका स्थानीयवासी बिन्दु शहनीले पानीमा डुविरहेको अवस्था शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शर्माका अनुसार नाम नखुलेका अन्दाजी ५०-५५ वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी शालिग्राम पौडेलले जानकारी दिए । शव पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :६ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्