एक हजार निजी विद्यालय अब पूर्ववत् रूपमा खुल्न नसक्ने



काठमाडौं : कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार विद्यालय पूरै बन्द हुने जोखिममा छन् । निजी विद्यालयका संस्थामा आबद्ध नभएका तथा थोरै विद्यार्थी भएका विद्यालयहरू अब पूर्ववत् रूपमा खुल्न नसक्ने सम्बद्ध क्षेत्रको आकलन छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरी कम विद्यार्थी भएका एक हजार जति विद्यालय बन्द हुनसक्ने बताउँछन् । १० महिनादेखि विद्यालय बन्द भएको, भाडा तिर्नु पर्दा खर्च बेहोर्न नसकेका कारण विद्यालय बन्द हुने अवस्था देखिएको उनको भनाइ छ ।

हाल विद्यालय खुल्ने क्रम सुरु भएकाले माघसम्ममा कति विद्यालय बन्द भए भन्ने यकिन विवरण आउने र आफूहरूले पनि विवरण अद्यावधिक गर्न पहल गरिरहेको उनले जानकारी दिए । बन्द हुने अवस्थामा रहेका धेरै विद्यालयले सरकार तथा निजी विद्यालयका संस्थालाई जानकारी दिँदा धेरै प्रक्रिया पूरा गर्नुपर्ने भएका कारण आफूखुसी बन्द गर्ने क्रम देखिएको उनले बताए ।

निजी विद्यालयका सञ्चालकहरूका अनुसार विद्यालय बन्द हुने समस्या काठमाडौँ उपत्यकामा धेरै हुनेछ । तुलनात्मक रूपमा काठमाडौँ उपत्यका भन्दा बाहिर निर्बाध रूपमा विद्यालय सञ्चालन भएको तर उपत्यकामा १० महिनासम्म विद्यालय बन्द भएका कारण समस्या भएको जनाइएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ : काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा आज (शनिबार) विद्युत आपूर्ति बन्द हुने भएको छ ।

काठमाडौँ : सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदैछ । पहिलो खेलमा पुलचोक

काठमाडौँ : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेपाली कांग्रेस अनौपचारिक रूपमा विभाजित नेकपाको ‘मझधार’ मा

काठमाडौं । सरकारले फागुन २३ गते आइतबार संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् ।अनेरास्ववियूले आरआर

काठमाडौं । सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्न आदेश दिएपछि नेकपा आली पक्षमा सांसदहरु धमाधम छलफलमा

काठमाडौं : राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालको प्रतिनिधिमण्डलले सङ्घीय संसद्, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीलाई एक बनाइराख्न उपाध्यक्ष वामदेव गौतम सक्रिय भएका छन् । उनी

काठमाडौँ : संसद पुनर्स्थापनापछिको पहिलो मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा

काठमाडौँ : संसद् पुनर्स्थापनासँगै नयाँ सरकार गठनको कुरा चलिरहेका बेला चीन र भारतका राजदूतले नेपाली

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफैले भन्दै भंग गरेको संसदमा प्रधानमन्त्री केपी ओली

काठमाडौं । नेपाली कांग्रेसले नेकपा विभाजन नभएको निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको निवास