भारतमा टिपरले धेरैवटा गाडीलाई ठक्क दिँदा १३ जनाकाे मृत्यु, १८ भन्दा बढी घाइते



काठमाडौं : भारतको पश्चिम बंगालअन्तर्गत जलपाईगुडी जिल्लाको धुपगुरी सहरमा एक टिपरले धेरैवटा गाडीलाई ठक्कर दिँदा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १८ भन्दा बढी घाइते भएका छन् ।

सुतिरहेका बेला ट्रकले किचेर १५ जनाको मृत्यु भएको २४ घण्टा नबित्दै फेरि अर्काे ठूलो दुर्घटना भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार अबेर राति धुपगुरी सहरमा एक टिपरले धेरैवटा गाडीलाई ठक्कर दिएको हो ।

बाक्लो हुस्सुका कारण चालकले बाटो नदेख्दा दुर्घटना भएको अनुमान गरिए पनि घटनाबारे अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ । मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ।

सोमबार राति मात्र गुजरातमा फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक कुद्दा १५ जनाको मृत्यु भएको थियो भने ५ जना गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्