जसपाले आज देशभर जनसभा गर्ने



काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले आज देशभर जनसभा गर्ने भएको छ ।

संसद विघटनविरुद्ध निरन्तर आन्दोलन गरिरहेको जसपाले आज देशभर प्रदर्शन साथै जनसभा गर्न लागेको हो ।

जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सबैलाई जनसभामा उपस्थित हुन आग्रह गरेका छन् । साथै आफूले कैलालीको टिकापुरमा हुने जनसभालाई सम्बोधन गर्ने डा भट्टराईले बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि यो कदम असंवैधानि भन्दै जसपा पनि निरन्तर आन्दोलनमा छ ।

प्रतिक्रिया दिनुहोस्