प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा : आज पनि कानून व्यवसायीले बहस गर्दै



काठमाडौं : सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको प्रतिनिधि सभा विघटन विरूद्धको मुद्दामा कानुन व्यवसायीले आज पनि बहस गर्दैछन् । हिजो बहस गर्दागर्दै समय नपुगेका वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले आज इजलासमा बहस गर्नेछन् ।

उनले प्रतिनिधि सभा विघटन गर्नु गलत भएको दाबीसहित ८ वटा बुँदामा बहस केन्द्रित गर्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा मुद्दामा निरन्तर बहस भइरहेको छ ।

प्रतिनिधिसभा पुनस्र्थापना हुने वा विघटन सदर हुने सर्वोच्च अदालतबाट निर्णय हुने भएकाले निकै चासोको विषय बनेको छ । एउटै विषयमा १३ वटा निवेदन सर्वोच्चमा छन् । ती रिट निवेदनको तर्फबाट आज पनि कानुन व्यवसायीले बहस गर्नेछन् ।

हिजो मंगलबार चारजना अधिवक्ताले बहस गरेका थिए । रिट निवेदकका तर्फबाट १८८ जना कानून व्यवासायीले वकालतनामा दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्