केपी ओली र म उस्तै हुन् भन्दा मलाई पोल्छ : माधव नेपाल



काठमाडौं : नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधव कुमार नेपालले आफ्नो तुलना प्रधानमन्त्री केपी ओलीसँग गर्दा आफूलाई पोल्ने गरेको बताएका छन् । बुधबार बिहान सम्पादकहरु सँगको छलफलमा उनले केपी ओली र माधव नेपाल उस्तै–उस्तै हुन् भन्दा आफूलाई पोल्ने बताएका हुन् ।

‘केपी ओली र माधव नेपाल उस्तै हुन् भन्दा मलाई पोल्छ ।’ आफूले गल्ती गरेको भए स्वीकार्न तयार रहेको बताउँदै नेपालले भने, ‘गल्ती छन् भने स्वीकार्छु, नगरेको गल्तीको भारी बोक्न मन लाग्दैन ।’
जम्मै नेता उस्तै हुन् भनेर नकारात्मक भ्रम फैलाइएको बताउँदै उनले समाजमा राम्रा मान्छेहरु पनि रहेको तर्क गरे ।

मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे आज प्रचण्ड–माधव समूहले सम्पादकहरुसँग छलफल गरेको छ । अधिकांश मिडियाले पनि प्रनिनिधि सभा विघटन गर्ने प्रधामन्त्री कपी ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भनिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्