कपास उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति



झापा : झापाको भद्रपुर ५ चोकस्थित कपास उद्योगमा आगलागी हुँदा १२ लाख क्षति भएको छ ।

हिजो बेलुका रामचन्द्र सहनीले सञ्चालन गरेको कपास उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

उनका अनुसार कपास उद्योगमा कपास पेल्ने क्रममा कपासमा मिसिएर आएको ढुङ्गाका कारण मेसिनमा खराबी आएर अचानक आगलागी भएको थियो । आगलागीबाट कपास पेल्ने मेसिन १ थान र ५७ बोरा तयारी कपास पूर्णरूपमा जलेर नष्ट भएको थापाको भनाइ छ ।

प्रकाशित :७ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्