अमेरिकामा २ करोड ४८ लाखभन्दा धेरै कोरोना संक्रमित



काठमाडौं : अमेरिकामा २ करोड ४८ लाखभन्दा धेरै कोरोना संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १ लाख ७४ हजार ३७८ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ४८ लाख ९ हजार ८४१ पुगेको छ ।

ती मध्ये अहिलेसम्म १ करोड ४७ लाख ८६ हजार ८८६ जना संक्रमणमुक्त भइसकेका छन् । उपचार गराइरहेका ९६ लाख ११ हजार ४३५ मध्ये २८ हजार ४ सय १८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ८०२ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै आज बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ४ लाख ११ हजार ५२० पुगेको छ ।

प्रकाशित :७ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्