द्रुत गतिको कोरोना परीक्षण सुचारु



विराटनगर ; विराटनगर महानगरपालिकाले कोरोना भाइरसको द्रुत परीक्षण सेवा सुरु गरेको छ ।
द्रुत परीक्षणबाट कोरोना संक्रमण भए नभएको परिणाम २० मिनेटमा थाहा पाउन सकिन्छ ।

यस परीक्षणको प्रयोग गर्दा मानिसहरुले पहिले जस्तो झन्झट बेहोर्नु नपर्ने मेयर भिम पराजुलीले जनाए । उनले भने ‘छिटो र छरितो रुपमा काम गर्न सकिने भएको हुँदा महानगरपालिकाले यो सेवा सुचारु गरेको हो ।’ कोरोना भाइरस संक्रमण परीक्षणको नयाँ प्रविधि एन्टिजेन टेष्टको शुभारम्भ मेयर पराजुलीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्