पिएम कप क्रिकेटमा पुलिस क्लब ९ विकेटले विजयी



काठमाडौं : सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै विभागीय टिम नेपाल पुलिस क्लब जितेको छ ।

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा पुलिस क्लबको पहिलो जित हो । १ सय ११ रनको सामान्य चुनौती पछ्याएको पुलिसले एक विकेटको क्षतिमा १७ ओभरमा लक्ष्य भेट्टाउदै जित निकालेको छ ।

१९८ बल बाँकी छँदै टीमले खेल जितेको हो । पुलिसका लागि ओपनर सुनिल धमला र कुशल भुर्तेलले अर्धशतक बनाए । सुनिल ५३ रन बनाएर आउट हुँदा कुशल ५१ रन बनाउँदै अविजित रहे । बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३३ ओभर १ बलमा अलआउट हुँदै जम्मा १ सय १० रन मात्रै बनाएको थियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक ४० रन बनाए ।

सन्जु धामी ३५, अरुण ऐर १३ र अर्जुज साउदले १० बनाउँदा अरु कसैले पनि दोहोरो अंकको रन जोड्न सकेनन् । पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान ४–४ विकेट लिएका थिए । १० ओभर बलिङ गरेर १८ रन खचिइ ४ विकेट लिएका सागर ढकाल प्लेयर अफ दि म्याच घोषित भएका छन् ।

जितसँगै नेपाल पुलिस क्लब समूह ‘बी’मा तालिकाको तेस्रो स्थानमा छ । दुई खेलबाट ४ अंक बनाएको बागमती प्रदेश तालिकाको पहिलो स्थानमा रहँदा २ अंक रहेको लुम्बिनी प्रदेश नेट रनरेटका आधारमा दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित :७ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कम्युनिष्ट असफल भएको दाबी गरेका छन् ।

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले उपत्यका बाहिरका सांसदहरुदलाई तत्कालै काठमाडौं आउन तथा

काठमाडौँ । नेकपा ओली समूहका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्ड–माधवहरु

काठमाडौं । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुहुन्छ जस्तो

काठमाडौं । संसद पुनःस्थापित भएपछि पदबाट राजीनामाको दबाब परिहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा

काठमाडौं : मानव अधिकार उल्लङ्घनका गम्भीर घटनाका दोषीलाई आममाफी नहुने स्पष्ट गर्दै नेपालले द्वन्द्वकालका मानवाधिकार

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाको

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले सर्वाेच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशतावाद

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि निर्वाचन कार्यक्रम स्थगित

काठमाडौं : प्रतिनिधि सभा पुनस्र्थापनाको ऐतिहासिक फैसला गरेका संवैधानिक इजलासका पाँच न्यायाधीश सर्वाेच्च अदालत आएका

काठमाडौँ : विवेकशील साझा पार्टीले राष्ट्रप्रति विद्यादेवी भण्डारी र केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने

काठमाडौं : विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले आजै संसदीय दलको बैठक बोलाएको छ । अपरान्ह