भारतबाट १० लाख डोज खोप भोलि नेपाल आउँदै



काठमाडौ : भारत सरकारले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले १० लाख डोज खोप उपलब्ध गराउने जानकारी दिए ।

भारतीय राजदुत विनयमोहन वाक्त्राको उपस्थितिमा मन्त्री त्रिपाठीले नेपाल सरकारलाई भारत सरकारले १० लाख डोज खोप दिने जानकारी दिए । उनले त्यो पहिलो चरणमा भोलि नै नेपाल आइपुग्ने बताए ।

प्रकाशित : ७ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्