रुपन्देहीमा युवकको हत्या



बुटवल : रुपन्देहीमा एक युवकको जलाएर हत्या गरिएको छ । हत्या गरिएका पुरुषको सनाखत हुन सकेको छैन ।

यादेवी गाउँपालिका-७ गरगट्टी गाउँमा दानव नदी किनारको खेतमा शरीरमा मट्टितेल खन्याएर आगो लगाई हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा रगत र प्लाष्टिकको पाइप पनि भेटिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

घटनामा संलग्न दोषीको पहिचान हुन नसकेकाले नेपालगञ्जबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान शुरु गरिएको प्रवक्ता थापाले बताए ।

प्रकाशित :७ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्