विघटनविरुद्ध जनअदालतमा जान्छौं : प्रचण्ड



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक निकासलाई सहजीकरण गर्न जनताको अदालतमा जाने बताएका छन् ।

पेरिसडाँडामा आयोजित आदिवासी जनजाति महासंघ नेपालको भेलालाई सम्बोधन गर्दै प्रचण्डले संविधानको मूल मर्म विपरीत संसद विघटन भएकाले जनअदालतमा जाने बताए ।‘जनताको अदालतमा गएर संवैधानिक निकायहरुलाई सहजीकरण गर्नुपर्ने अवस्थामा आइपुगेका छौं । यो दुर्भाग्यपूर्ण कुरा हो’, उनले भने । प्रचण्डले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई दबाव दिने काम भइरहेकाले त्यसको खबरदारी गर्ने बताउँदै आएका छन् ।

संसद् विघटनले गणतन्त्र, संघीयता र समावेशिताको भावनाविरुद्ध हमला भएको प्रचण्डले बताए । उनले पार्टीभित्र देखिएको तानाशाही प्रवृत्तिविरुद्ध धैर्यतापूर्वक र दृढतापूर्वक लड्न आह्वान गरे । अहिलेको संविधानले नेपाली जनतामा सार्वभौमसत्ता निहीत भए पनि राजाको शैलीमा संसद् विघटन गरिएको उनले बताए ।

‘पहिले राजामहाराजाहरुले संविधानको धारा बदल्न पर्यो भने हामीमा अन्तरनिहित राजकीय र सार्वभौम अधिकार प्रयोग गरी फलानो–फलानो धारा निलम्बन गरिबक्सेका छौं भन्ने भाषा सुन्दै आएको हो’, प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : म्यानमारमा भएको नरसंहारको विरोधमा ललितपुरस्थित म्यानमारको दूतावास अगाडि प्रदर्शन भएको छ । वृहत

काठमाडौँ : नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक शुक्रबार बस्दै छ । बैठक दिउँसो १

काठमाडौँ : एसीड आक्रमणमा परेकी वीरगंज निवासी मुस्कान खातुनले अन्तर्राष्ट्रिय साहसी महिला (आइडब्ल्युओसी) पुरस्कार पाउने

एजेन्सी : टर्कीमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दक्षिण पूर्वी

काठमाडौँ : विकसित राजनीतिक घटनाक्रममा कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेस अझै अनिर्णित नै छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा संसदीय दलको बैठकका लागि नेकपाका अध्यक्ष पुष्पकमल

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले छिट्टै निर्वाचन गर्ने सहमतीका साथ ओली बाहेकका शक्तिहरु

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक समस्या समाधानका निम्ति निर्वाचन आयोगले

काठमाडौँ । सरकारले नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ

गुल्मी : गुल्मीको भाडगाउँमा युवतीको हत्या अभियोगमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।

काठमाडौं : राजनीतिक रूपमा विभाजन भइसकेको नेपाल कम्युनिष्ट पार्टीका दुई समूहका दोस्रो तहका नेताहरूले छलफल

काठमाडौं– राष्ट्रिय सभा सदस्य कोमल वलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रेम गर्नु भनेको देशलाई प्रेम